कानेपोखरीमा सम्पन्न राष्ट्रिय तेक्वान्दो उपाधि बाग्लुङले चुम्यो

कानेपोखरीमा सम्पन्न राष्ट्रिय तेक्वान्दो उपाधि बाग्लुङले चुम्यो

राष्ट्रिय तेक्वान्दाे खेलाडीकाे भेट माेरङमा

पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सीएच आइटीएफ तेक्वान्दो च्याम्पियनसिपको उपाधि बाग्लुङ जिल्लाले चुमेको छ ।

जनसेवा माविमा सम्पन्न १० औं राष्ट्रिय च्याम्पियनसिपको उपाधि चुम्दा बाग्लुङले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । उसले २० स्वर्ण पदक जितेसँगै प्रथम बनेको थियो ।

त्यस्तै प्रतियोगिताबाट १४ वटा स्वर्ण पदक प्राप्त गर्ने भक्तपुर जिल्लाले फस्ट रनर अपको उपाधि हात पारेको छ । भक्तपुरले १० हजार नगद, ट्रफी र मेडल प्राप्त गरेको थियो ।

त्यस्तै प्रतियोगितामा ४ वटा स्वर्ण पदक जित्दै रुपन्देही जिल्लाले सेकेण्ड रनर अपको उपाधि चुमेको छ । उपाधि स्वरुप नगद ५ हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो । तीन दिनको खेल अवधिमा अनुशासित जिल्लाको उपाधि तेह्रथुम जिल्लाले प्राप्त गरेको छ । खेलमा ग्रुप प्याटन सिनियर र जुनियर खेलमा प्रतिस्पर्धा गरिएको थियो । २० केजी तौल समूहदेखि ८० केजी तौल समूहको महिला र पुरुषको खेलहरुमा प्रतिस्पर्धा भएको थियो । १० औं राष्ट्रिय खेलको लागि नवलपरासी, बाग्लुङ, रुपन्देही, पाल्प, गुल्मी, तेह्रथुम, काठमाडौं, भक्तपुर, कास्की, काभ्रे, म्यादी र मोरङ गरी १२ वटा जिल्लाबाट ३२५ जना खेलाडीहरु सहभागि भएका थिए ।

प्रथम उपाधि कानेपोखरी ६ मा स्थापित माउन्ट हर्मोन चिल्ड्रेन एकेडेमीले प्रायोजन गरेको थियो भने फस्ट रनर अप उपाधि कानेपोखरी ६ रमाइलोको जेनिथ इङ्लिस स्कुलले प्रायोजन गरेको खेल संयोजक युवराज भुजेलले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र विशिष्ट अतिथि उपाध्यक्ष भोलाप्रसाद अधिकारीसहितले पुरस्कार प्रदान गर्नुभयो ।

सम्बन्धित खवर