पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगीताको अक्सनका लागी २३२ खेलाडी दर्ता

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगीताको अक्सनका लागी २३२ खेलाडी दर्ता

पथरी

चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगीताको अक्सनका लागी २३२ खेलाडी दर्ता भएका छन् । विभिन्न ३ ‘क्याटोगरी’ अन्तरगत ति खेलाडी दर्ता भएका हुन् । लिग आयोजक पथरीशनिश्चरे प्रिमियर लिग समितीका अनुसार असोज ६ गते हुने अक्सनवाट ७ वटा क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्नु पर्ने छ ।

तिन वटा संस्करणको प्रतियोगीता सम्पन्न भइ सकेको लिग यस वर्ष कार्तिक १० बाट सुरु हुने भएको छ । आयोजकले अक्सनका लागी प्रकाशित गरेको खेलाडी ‘ड्राफ्ट’मा पहिलो ‘क्याटोगरी’मा ५१ जना खेलाडी ‘ए क्याटोगरी’मा दर्ता भएका छन् । ३३ जना ‘वि’ मा र १४९ जना ‘सि क्याटोगरी’मा दर्ता भएका छन् ।

‘क्याटोगरी ए’ मा दर्ता भएका खेलाडीको ३ हजार ‘वेस प्राइज’ तोकिएको छ भने ‘वि’ को २हजार र ‘सि’ को १ हजार ‘वेस प्राइज’ तोकिएको छ । प्रत्येक टिमका लागी ५० हजार रुपयाँ ‘वालेट’ राखिएको छ । यस संस्करणमा २ जना खेलाडीलाई मात्र ‘रिर्टन’ गर्न पाउने छन भने अरु खेलाडी ‘रिलिज’ गर्नु पर्ने आयोजकका अध्यक्ष विरोज मगरले जानकारी दिए ।

पथरीशनिश्चरे भित्रका खेलाडीलाई मात्रै सहभागी गराउदै आएको प्रतियोगीताको चौथो संस्करणबाट नगर बाहिरका चार खेलाडीलाई क्लबले अनुवन्धन गर्न पाउने भएको छ । ‘बाहिरका खेलाडी पनि सहभागी गराएर प्रतियोगीताको स्तरवृद्धि गर्न लागेका छौ’ अध्यक्ष मगरले भने ‘यस पटकबाट प्रतियोगीताको प्रचार थप हुन्छ भन्ने विश्वास लिएका छौ’ ।

यस वर्ष हुने प्रतियोगीताको अक्सन ड्राफ्टमा उमेर समुह वाट अन्तराष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका दिपेश कडेल देखी प्रदेशको टोली वाट विभिन्न कपमा सहभागीता जनाएका खेलाडी समेटीएका छन् ।

खेलाडीको ड्राफ्टमा प्रदेशको टिम वाट राष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाएका फिरदोस अन्सारी,सोनु मण्डल,श्रमण यादव,ज्ञानेन्द्र श्रेष्ठ,सुजन थपलिया लगायतका खेलाडीलाई ड्राफ्टमा समेटिएको छ ।

आयोजकका सचिव राकेश राईका अनुसार प्रतियोगीताको चार्म विस्तारै वडदैछ । खेलाडीहरुको आर्कषणकै कारण प्रतियोगीतालाई निरन्तरता दिन सकिएको हो । पथरीशनिश्चरेमा मात्रै प्रदेश स्तरिय ३ वटा प्रतियोगीता आयोजना हुने गरेको विगत भए पनि ति प्रतियोगीताको निरन्तरता हुन सकेको छैन् ।

यस पटक सवैभन्दा कम १० वर्षका खेलाडी समेत अक्सनको लिष्टमा समेटिएका छन भने ४३ वर्षका खेलाडी राज वस्नेतको समेत नाम अक्सन लिष्टमा रहेको छ । अघिल्लो सस्करणमा भन्दा यस संस्करणको अक्सनमा धेरै खेलाडी दर्ता भएका छन् । पहिलो संस्करणमा १३६ जना खेलाडी अक्सनमा सहभागी भएका थिए भने अधिल्लो सस्करणमा १३५ खेलाडीलाई अक्सनमा सहभागी गराएर टिमले खरिद गरेका थिए ।

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगीता आयोजना गरिन लागेको हो ।

‘पथरीशनिश्चरे नगरभित्रका क्रिकेट खेलाडीको खेल स्तरवृद्धि गर्न र नगरभित्र वाट क्रिकेट प्रतिभा खोज्न पनि लिगको महत्वपुण भुमीका हुने विश्वास छ ’ मगरले भने ।

यो संस्करणमा सात क्लवले प्रतिष्पर्धा गर्ने छन् । पहिलो संस्करण वाट सहभागी मगलवारे लिजेण्ड र हिसाव किताब ट्राइडेन्सले चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगीताबाट बाहिरिने निणर्य गरेपछि नयाँ क्लबका रुपमा गोर्खा लिजेण्डले पहिलो पटक सहभागीता जनाउदैछ ।

पहिलो संस्करणको विजेता रोयल किङ्ग, दोश्रो र तेश्रो संस्करणको विजेता सात वाघसंगै आइतबारे अस्त्र, विरेन्द्रनगर स्टिल टाइगर, बुद्ध युनाइटेड, क्लासिक एलाभेन हसन्दह र नव प्रवेशी गोर्खा लिजेण्डले प्रतियोगितामा सहभागीता जनाउन लागेका हुन् ।

पथरीको जाँते मोडमा रहेको पथरी रंगशालामा प्रतियोगीताका सवै खेल हुने छन् । क्रिकेट मैदान अभावका कारण नियमित फुटवल प्रशिक्षण र प्रतियोगीता हुदै आएको पथरी रंगशालालाई केहि मर्मत गरेर प्रतियोगीता आयोजना हुन लागेको हो । प्रतियोगीता सम्पन्न गर्न करिव १० लाख लागत लाग्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर