दन्त उपहार कार्यक्रम

दन्त उपहार कार्यक्रम

पथरी, पथरी शनिश्चरे वडा न. ८ ले आफ्नो वडाभित्रका जेष्ठ नागरिकहरु लक्षित गरेर दन्त उपहार कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार वडाले दाँतको उपचार शिविर आयोजना गरी दात फेर्नुपर्ने सेवाग्राहीहरुलाई वडा कार्यालयबाट नयाँ दात लगाइदिने प्रक्रिया अगाडि बढाएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण सेवाग्राहीहरुको सुगर र प्रेसर समेत परीक्षण गरिएको थियो ।
वडाको आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत कार्यक्रम बमोजिम आयोजना गरिएको कार्यक्रममा १ सयको संख्यामा हाराहारी सेवाग्राहीहरुले सेवा लिएको वडा स्वास्थ्य प्रमुख रुद्रबहादुर लिम्बुले जानकारी दिनुभयो ।

दन्त शिविरमा डाक्टर सैयुज अधिकारी र डेन्टल हाइजेनिस्ट सेकिन्द्र प्रधान लगायत जनसेवा डेन्टलका स्वास्थ्यकर्मीहरुले सहजीकरण गरेका थिए ।

कार्यक्रममा वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरु बाबुराम चौधरी, झमकबहादुर लिम्बु, शिवकुमारी बि.क. लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर