विश्व इतिहासमा आजः बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्रीदेखि नेपोलियन बोनापर्ट फ्रान्सको सम्राट घोषित

विश्व इतिहासमा आजः बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्रीदेखि नेपोलियन बोनापर्ट फ्रान्सको सम्राट घोषित

आज २ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम
बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्री

सन् १९८८ मा बेनेजिर भुट्टो पाकिस्तानको प्रधानमन्त्रीको रुपमा सपथ खाएकी थिइन् । उनी पाकिस्तानको पहिलो प्रधानमन्त्री बनेकी थिइन् ।

मुटुको पहिलो पटक कृत्रिम प्रत्यारोपण

सन् १९८२ मा मुटुको पहिलो कृत्रिम प्रत्यारोपण भएको थियो । बार्ने क्लार्क पहिलो स्थायी कृत्रिम मुटु प्रत्यारोपण गर्ने पहिलो व्यक्ति बनेका थिए । उनको उताह मेडिकल सेन्टरमा शल्यक्रिया गरी मुटु प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि क्लार्क ११२ दिन बाँचेका थिए ।

न्युयोर्क विमानस्थलमा ढोका खोलियो

सन् १९३९ मा न्युयोर्कस्थित लागार्डिया विमानस्थलको ढोका खोलिएको थियो । न्युयोर्कका मेयर फिओरेलो ला गार्डियाको स्मरणमा विमानस्थलको नाम राखिएको थियो ।

नेपोलियन बने फ्रान्सका सम्राट

सन् १८०४ मा नेपोलियन बोनापार्ट फ्रान्सको शासक बनेका थिए । फ्रान्सेली क्रान्तिको समयमा सेना बनेका उनी उत्तराद्धमा आफ्नो युगको प्रभावशाली व्यक्ति बनेका थिए ।

ब्रिटेनी स्पेर्यसको जन्म

आज अर्थात सन् १९८१ को २ डिसेम्बरमा आधुनिक पप जगतकी सम्राज्ञी अमेरिकी गायिका ब्रिटेनी स्पेयर्सको जन्म भएको थियो । ब्रिटेनीले सयौं गीत गाएकी छिन् ।

 

सम्बन्धित खवर