पशुपति आमाविमा पशुपति स्टार २०८१ कार्यक्रम सम्पन्न

पशुपति आमाविमा पशुपति स्टार २०८१ कार्यक्रम सम्पन्न

पूर्वि नेपालको उत्कृष्ट शैक्षिक संस्थाको रुपमा परिचित उर्लाबारी वडा नम्बर ७ स्थित पशुपति आवासीय माध्यमिक विद्यालयमा पशुपति स्टार २०८१ कार्यक्रम सम्पन्न भएको छ । ६० औँ बाल दिवसको अवसरमा शुक्रबार उर्लाबारीस्थित उर्लाबारी पार्टि प्यालेसमा आयोजित एक भव्य समारोहबिच सो कार्यक्रमको फाईनल ईभेन्ट सम्पन्न भएको थियो ।

यसैबिच सिनियर पशुपति स्टार २०८१ को उपाधि कक्षा ६ मा अध्ययनरत आरद्या श्रेष्ठले जितेकी छिन् भने जुनियर पशुपति स्टार २०८१ को उपाधि कक्षा ५ मा अध्ययनरत ग्रिस थापाले हात पारेका छन् ।

उनीहरु १०÷१० हजार नगदसहित ट्रफी र प्रमाणपत्रले पुरस्कृत भए । उनीहरुलाई सो पुरस्कार विद्यालयका प्रिन्सिपल आनन्द कार्की, भाईस प्रिन्सिपल बालकृष्ण पौडेल र विद्यालय काेअर्डिनेटर श्रेयसी थापाले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

गत बिहिबारदेखी विद्यालयको सभाहलमा सो कार्यक्रम सुरु गरिएको विद्यालयकी काेअर्डिनेटर थापाले जानकारी दिईन् । गायन ,नृत्य, गितार र प्यानोलगायतका ४ वटा कला प्रस्तुतीमा २ सय जना विद्यार्थीहरुलाई प्रथम अर्डिसनमा छानिएको उनले बताईन् ।

थापाकाअनुसार अर्डिसनमा छानिएका विद्यार्थहरुको क्षमतालाई आधार मानि ३जना निर्णायक मण्डलीका विषय विज्ञहरुले ५० जना विद्यार्थीहरुलाई सोमिफाईनल राउण्डमा छानेका थिए । यस्तै तिमध्ये उत्कृष्ट ३० जना विद्यार्थीहरु फाईनल राउण्डमा पुगेका थिए । जसमा सिनियर र जुनियर गरि १५÷१५ जना विद्यार्थीहरु छानिएको बताईएको छ ।

यस्तै सो अवसरमा सिनियर र जुनियर गरि दुई विधामा वेष्ट डान्सर, वेष्ट गितारिष्ट, वेष्ट गायक र वेष्ट प्यानोयिष्टमा ३÷३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । जसमा जुनियरतर्फ क्रमश: ग्रिस थापा, पुरुहाङ लिम्बु , कुशहाङ तामाङ र रशी प्रधान पुरस्कृत भए भने सिनियरतर्फ क्रमश: आरद्या श्रेष्ठ, कविन्द्र धिमाल, किशु बस्नेत र ईशकबाबु भट्टराई रहेका छन् ।

सो ईभेण्टमको निर्णायक मण्डलीमा अनुभवी विषय विज्ञहरु क्रमश : विशाल राई, राम विक र शिव नेपाल रहेका थिए । सो अवसरमा विद्यालयका शिक्षकहरुले समेत नृत्य र गायन प्रस्तुत गरेका थिए । यस्तै सो कार्यक्रममा फाईनल राउण्डमा प्रवेश गर्ने विद्यार्थीहरुको अभिभावकहरुो समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर