विश्व इतिहासमा आजः लिस्वियन सन्धि कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्न

विश्व इतिहासमा आजः लिस्वियन सन्धि कार्यान्वयनदेखि तेहरान सम्मेलन सम्पन्न

लिस्वियन सन्धी कार्यान्वयनमा

सन् २००९ मा लिस्वियन सन्धी कार्यान्वयनमा आएको थियो । युरोपेली मुलुकहरुको संविधानको आधारसमेत मानिने यो सन्धीलाई सन् २००७ मा १३ देशहरुले हस्ताक्षर गरेका थिए । लिस्वियन सन्धीले म्यास्ट्रिच सन्धी र रोम सन्धीलाई संशोधन गरेको हो ।

फ्रान्सबाट मध्य अफ्रिकी गणतन्त्र घोषणा

सन् १९५८ मा फ्रान्सको उपनिवेश उवांगी शारीले स्वायत्त भएको घोषणा गरेको थियो । त्यसको दुई वर्षपछि उसले स्वतन्त्र भएको घोषणा गरेको थियो । फ्रान्सबाट स्वतन्त्र भएपछि यसको नाम मध्य अफ्रिकी रिपब्लिक घोषणा गरिएको थियो ।

तेहरान सम्मेलन सम्पन्न

सन् १९४३ मा अमेरिका, बेलायत र सोभियत युनियनबीचको तेहरान सम्मेलन सम्पन्न भएको थियो । फ्रान्समा जर्मनीविरुद्ध दोस्रो मोर्चा र जापानविरुद्ध सोभियत युनियनको युद्ध घोषणासँगै तेहरान सम्मेलन सम्पन्न भएको थियो ।

व्रिटीश हाउस अफ कमनकी पहिलो महिला

नेन्सी एस्टर बेलायतको संसदको तल्लो सदन हाउस अफ कमनमा आबद्ध हुने पहिलो महिला हुन् । उनी सन् १९१९ मा निर्वाचित भएकी थिइन् ।

आइसल्यान्ड स्थापना

सन् १९१८ मा आइसल्यान्ड अधिराज्य स्थापना गरिएको थियो । डेनमार्कसँगको एउटा कानुनमा हस्ताक्षरपछि आइसल्यान्ड स्थापना गरिएको थियो । कानुनले आइसल्यान्डलाई डेनमार्कका साझा राजतन्त्रसहित डेनमार्कलाई सार्वभौम देशको मान्यता दिएको थियो । सन् १९४४ मा आइसल्यान्ड गणतन्त्र स्थपना नहुन्जेल आइसल्यान्ड अधिराज्य अस्थित्वमा थियो ।

सम्बन्धित खवर