खप्तड बाबा

खप्तड बाबा
खप्तड बाबा धेरैले चिन्ने नाम हो यो । वहाँको वास्तविक नाम कसैलाई ज्ञात नभए पनि खप्तड बाबाको रुपमा वहाँ प्रख्यात हुनुभयो । कतै कतै वहाँको वास्तविक नाम शिवनाथ डोगरे लेखिएको पनि भेटिन्छ । पश्चिम नेपालको बझाङ जिल्लाको दुर्गम खप्तडको जंगलमा आश्रम बनाएर बस्नु भएकोले नै वहाँलाई खप्तड बाबा भनेर सबैले चिन्न थालेका हुन् ।
काश्मिरी पण्डित कुलमा जन्मनु भएका वहाँ एम.वि.वि.एस. अध्ययन पूर्ण गरि बेलायतबाट शल्यचिकित्साबिज्ञ पनि भइ उपचारमा संलग्न हुनुहुन्थ्यो । बि.सं. १९३६ माघ २९ गते जन्मनु भएको मानिएका वहाँ १९८६ मा आफ्नो डाक्टरी पेशालाई सन्यास दिएर श्याम चेतन बाबा, ब्रितिस नागरिक इभान वेन्टज तथा अन्य तीनको साथमा नेपाल पस्नु भएको थियो । काशीमा पनि पूर्वीय दर्शनको अध्यापन गर्नुभएका वहाँ साधनामा लिन हुन द्वापर युगमा युधिष्ठिरले स्वर्गमा जानको लागी प्रयोग गर्नुभएको विश्वासले वहाँले पनि यहि ठाउँमा साधना गर्न आउनु भएको थियो ।
शुरूमा स्वामी सच्चिदानन्द सरस्वतीले चिनिनु भएका वहाँ श्री १००८ ब्रम्हवित परमहंस योगी सच्चिदानन्द सरस्वतीले प्रख्यात हुनुभयो ।
अन्तमा ११८ वर्षको उमेरमा खप्तड बाबाको २०५३ साल बैशाख २७ गते खप्तड आश्रममा अचानक विरामी भए पछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याउने क्रममा पोखरा नजिकै पुग्दा हेलिकप्टरमा नै स्वर्गारोहण भएको भन्ने गरिन्छ ।
वहाँले आफ्नो जिवनकालमा थुप्रै पुस्तकहरू पनि रचना गर्नु भएको थियो । यसमा प्रमुख रुपमा म र मेरो स्वास्थ्य, स्वास्थ्य विज्ञान, योग विज्ञान, बिचार विज्ञान, नारी धर्म तथा पुरुष धर्म तथा आत्म ज्ञान हुन् ।
स‌ंकलक : सुनिल उलक

सम्बन्धित खवर