पथरीशनिश्चरे गोल्डकप: धरान विरुद्ध झापाको फराकिलो जित

पथरीशनिश्चरे गोल्डकप: धरान विरुद्ध झापाको फराकिलो जित

मोेरङको पथरीमा जारी पथरीशनिश्चरे गोल्डकपको आइतबार सम्पन्न खेलमा झापा फुटबल क्लबले धरान

विरुद्ध फराकिलो जित हात पार्दै सेमिफाइनल प्रवेश गरेको छ ।
प्रदीप बूढाथोकीको ह्याट्रिकसँगै झापा ११ प्रथम पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हाे।
आइतबार भएको खेलमा धरान फुटबल क्लबलाई  झापा ११ ले ४–० ले पराजित गरेको हो। झापाका लागि अर्को गोल अभिषेक गुरुङले थपे।

नवौं मिनेटमा झापाका उत्सव राईको क्रसलाई दोस्रो बार चेप्दै बुढाथोकीले गोल गरे। ४२औं मिनेटमा वैकल्पिक खेलाडी हरिबहादुर आलेको प्रहारलाई फिनिस टच दिँदै दोस्रो गोल गर्न पुगे। बुढाथोकीले ५२ औं मिनेटमा ह्याट्रिक पूरा गरे।

आलेकै पासमा उनले बललाई जाली चुमाएका हुन्। यो प्रतियोगिताको पहिलो ह्याट्रिक हो। अतिरिक्त समयमा पारस कार्कीको पासमा अभिषेकले गोल गर्दै ४–० को सजिलो जित दिलाए।

बूढाथोकी म्यान अफ द म्याच घोषित भए। सोमबार संकटा क्लब काठमाडौं र भारतको युके एफसी भिड्ने छन्।

गोल्डकपको फाईनल खेल असाेज १२ गते हुनेछ ।

 

सम्बन्धित खवर