मेची बहुउद्देशीयको साधारणसभा सम्पन्न, पत्रकार गाउँले र अभियान्ता कँडेल सम्मानित

मेची बहुउद्देशीयको साधारणसभा सम्पन्न, पत्रकार गाउँले र अभियान्ता कँडेल सम्मानित

दमक, झापा दमकमा रहेको मेची बहुउद्देशीय सहकारी संस्था लि.ले आफ्नो २६ औँ स्थापना दिवश तथा २८ औँ साधारणसभा आइतबार सम्पन्न गरेको छ ।

संस्थाले गत आर्थिक वर्षमा गरेको कारोबारबाट ४२ करोड ३० लाख २९ हजार १७० आम्दानी गरेको छ । सो आम्दानीबाट ३० करोड ३१ लाख ९९ हजार ७२२ रुपैँया खर्चगरेर ११ करोड ९८ लाख २९ हजार ३८८ नाफा कमाएको छ ।

संस्थासंग ३ अर्ब ३९ करोड ८९ लाख ६२ हजार ५७४ को वासलात रहेको छ । तीन जिल्ला झापा, मोरङ, इलाम कार्यक्षेत्र रहेको मेचीमा १२ वटा सेवा कार्यालयमा १३ हजार ३१८ जना शेयर सदस्य रहेका छन् । ३५ करोड ५५ लाख ७८ हजार ८०० शेयर पुँजी रहेको मेचीमा २ अर्ब १७ करोड ४४ लाख ९२ हजार २८६ रुपैँया बचत रकम रहेको छ । तीन हजार ६८३ जना ऋणिहरूमा दुई अर्ब ८९ करोड ६८ लाख ९२ हजार २८६ रुपैँया कर्जा लगानी रहेको छ ।

सधारण सभाको अवसरमा संस्थाले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा अनलाइन खबर डटकमका प्रधान सम्पादक शिव गाउँलेलाई सम्मान गरेको छ । संस्थाका स्थापक अध्यक्ष स्व. गणेश प्रसाद बस्नेतको नाममा स्थापना गरिएको ‘गणेश प्रसाद बस्नेत पत्रकारिता पुरस्कार’बाट नगद १० हजार रुपैँया सहित गाउँले सम्मानित हुनुभएको हो ।

यस्तै, बस्नेतकै नाममा स्थापना गरिएको ‘गणेश प्रसाद बस्नेत सहकारी अभियान्ता पुरस्कार’ बाट राष्ट्रि सहकारी महासंघका अध्यक्ष मिनराज कँडेललाई सम्मान गरिएको छ । सो पुरस्कारको नगद २६ हजार र सम्मान पत्रले कँडेल सम्मानित हुनुभयो ।

सोही अवसरमा मेची पत्रकारिता पुरस्कार नगद आठ हजार सहित प्रदेश आवाज डटकमका सह सम्पादक जीवन चुँडाल पुरस्कृत हुनुभयो भने मेची सञ्चार प्रतिष्ठान पुरस्कार दमकमा रहेको पाथिभरा एफएफलाई प्रदान गरियो ।

सहकारीले सम्मान तथा पुरस्कारका लागि छुट्टै कोष खडा गरेर वार्षिक रुपमा सम्मान र पुरस्कार वितरण गर्दै आएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले बताउनुभयो । झापा, मोरङ र इलाम तीन जिल्लामा कार्यक्षेत्र रहेको मेची सहकारीले १२ वटा शाखाहरू मार्फत वित्तीय कारोबार गरिरहेको छ ।

सम्बन्धित खवर