न्यूजिलैण्ड एयरफोर्सको विमान पोखरा विमानस्थलमा

न्यूजिलैण्ड एयरफोर्सको विमान पोखरा विमानस्थलमा

मलेशियामा बेलायती साम्राज्यको विरुद्ध जनताहरु युद्धमा होमिदा बेलायतले आफूसंग रहेका गोर्खाली सैनिकहरुलाई मलेशियाको भूमीमा युद्धको लागि लगेको थियो । झन्डै १० हजार गोर्खाली सैनिक मलेशियाको लडाइमा लडे । युद्धको समाप्ती तिर बेलायतले गोर्खाली सैनिकलाई छुट्टीको रुपमा आफ्नो देश फर्कने ब्यबस्था मिलायो । यसरी छुट्टीमा स्वदेश फर्कने गोर्खाली सैनिकहरुलाई बेलायत सरकारले न्यूजिलैण्ड एयरफोर्सको मालवाहक तथा सैनिक ओसारपसार गर्ने विमान Bristol Freighter मा नेपाल ल्याएका थिए ।

गोर्खा सैनिक बोकेर आएको यो विमान सो समय पश्चिम नेपालको गोर्खा सैनिकहरुको लागि पोखरा तथा पूर्वी नेपालका गोर्खा सैनिकहरुको लागि बिराटनगर आएको थियो । तस्विरमा पोखरा विमानस्थलमा २०१६ साल बैशाख ७ गते आइपुगेको अनौठो जहाज हेर्न उभिएका पोखरेलीहरु देख्न सकिन्छ । पृष्ठभूमीमा सराङकोट डाँडा लगायत अन्य डाँडा तथा विमानस्थल नजिकै रहेको छाप्राहरु तथा वाणिज्य संघले गोदामको लागि बनाएको घर पनि देख्न सकिन्छ ।

तस्विर श्रोत एयरफोर्स संग्रहालय, संकलक सुनिल उलक

सम्बन्धित खवर