माया लाउँछौ किन ?

माया लाउँछौ किन ?

हात समाई उकाली ओराली धाउन पनि
मन भित्रै गाह्रो मान्छौ भने,
आफ्नै सोचेको मनको मान्छेलाई पनि
भोली पराई ठान्छौ भने,
माया लाउँछौ किन ?

विश्वास नभएपनि त्यो मनमा यो मनमा
आखिर संगै हिँडछौ भने,
आफ्नै आँखाले नदेखेका ति
चित्रहरु शंकैशंकामा फिट्छौ भने
आखिर मायाँ लाउँछौ किन रु

हिँड्दा उकाली ओरालीमा मनमा शंका राखि
एक थुंगा फुल चढाउँछौ देउरालीमा भने,
हरेक दिन मन्दिर पस्दा ति
निर्दोश मुर्तिसंग झुटा कसम खान्छौ भने
आखिर माया लाउँछौ किन ?

बोल्दैगर्दा अरु कोहिसँग मनमा
अनेक शंका गर्छौ भने
आफ्नै सम्झन्छौ दुई दिनलाई आजलाई, भोललिाई
तर पर्सि मन पराईसंगै मिलाई हाल्छौभने
आखिर माया लाउँछौ किन ?

– भुपाल खतिवडा

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: