आलुको खर्च सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

आलुको खर्च सार्वजनिकिकरण कार्यक्रम सम्पन्न

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन अन्तर्गत मोरङको पथरी शनिश्चरे २ मा तरकारी पकेट भित्रको आलु पकेट कार्यक्रमको अन्तिम सार्वजनिकिकरण र खर्च अनुमोदन कार्यक्रम सम्पन्न भएको छ ।

पकेट संचालक समितिका अध्यक्ष भवानी तिम्सिनाको अध्यक्षताको कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले कृषि क्षेत्रको व्यवसायिकताका लागि कृषकहरुको सक्रियता बढ्दै गएको र नगरले त्यसमा निरन्तर कार्यक्रम प्रदान गर्दै आएको बताउनु भयो । कार्यक्रममा, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा सदस्य अग्नी गुरुङको पनि आतिथ्यता रहेको थियो । पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा ११ लाख ५० हजार रुपैयाँको खर्च अनुमोदन गरिएको छ ।

सम्बन्धित खवर