ढल्के जोवन गोल्डकप : बिआरसीलाई हराउदै त्रिभुवन आर्मी सेमिफाइनलमा

ढल्के जोवन गोल्डकप : बिआरसीलाई हराउदै त्रिभुवन आर्मी सेमिफाइनलमा

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न खेलमा भुटानको बिआरसी फुटबल क्लबविरूद्ध २–४ को नतिजा निकाल्दै त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरेको हो ।

आर्मीका टेक बहादुर बुढाथोकीको ह्याट्रिक र टंक बस्नेतको थप १ गोलसँगै आर्मीले भूटान विरुद्ध सहज जित निकालेको हो । बुढाथोकीले खेलको ९ औं, २३ औँ र दोस्रो हाफको ३२ औं मिनेटमा गोल गरेका हुन भने बस्नेतले खेलको २७ औँ मिनेटमा १ गोल गरेका हुन् । भुटानका लागि भने श्याम गोले र देउमान लिम्बुले १–१ गोल गरे पनि हार टार्न सकेनन् ।

आजको खेलको मेन अफ द म्याच त्रिभुवन आर्मी क्लबका टेक बहादुर बुढाथोकी घोषित हुदैँ नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत भोलिको पहिलो सेमिफाइनल खेल मानेभञ्ज्याङ भेट्रान दार्जिलिङ र बुद्धभूमि रूपन्देही विच हुने छ । प्रतियोगीताको अघिल्लो चरणको खेलमा बुद्धभूमी विरुद्ध जित निकालेको सिक्किम गोर्खाले नियम विपरीत खेलाडी सहभागी गराएको उजुरी परेपछि सिक्किमले पर्याप्त प्रमाण पेश गर्न असमर्थ रहेकाले पराजित बनेको बुद्धभूमीले सेमिफाइनल खेल्ने मौका पाएको हो ।

प्रतियोगीतामा भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको छ भने प्रतियोगिताको विजेताले ५ लाख ११ हजार नगदसहित प्राप्त गर्ने छ र उपविजेताले २ लाख ५१ हजार रुपैयामा चित्त बुझाउनु पर्नेछ ।

सम्बन्धित खवर