कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि ५ वटा पकेट कार्यक्रम सम्झौता

कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि ५ वटा पकेट कार्यक्रम सम्झौता

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा कृषि तथा पशुपंक्षी क्षेत्रको व्यवसायिक प्रवद्र्धनका लागि ५ वटा पकेट कार्यक्रमको कृषक समूहहरुसँग सम्झौता भएको छ ।

संघीय सरकारको सशर्त अनुदान अन्तर्गतको कार्यक्रमका क्रममा बाख्रा पकेटमा वडा नम्बर ८ को समुन्नत बाख्रा पाखन समूह, बंगुर पकेटमा वडा नम्बर २ को पथरी शनिश्चरे बंगुर पालन समूह, आलु पकेटमा वडा नम्बर २ को आलु पकेट सञ्चालक समितिसँग सम्झौता भएको हो । त्यस्तै, मकै पकेटमा वडा नम्बर ३ को सूचारु कृषि सहकारी, मौरी पकेटमा वडा नम्बर २ को मौरीपालक कृषक समूहसँग सम्झौता भएको छ ।

त्यस्तै, प्रदेशकै नयाँ कार्यक्रमका रुपमा दुध मिसन कार्यक्रम अन्तर्गत भैंसी प्रवद्र्धन कार्यक्रम वडा नम्बर ९ को महेन्द्रचोक कृषि उत्पादन समूहलाई प्रदान गरी सम्झौता गरिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले समूहका किसानहरुलाई सम्झौतापत्र हस्तान्तरण गर्दै समूहले कृषि तथा पशुपालनका क्षेत्रमा उन्नती गरेर नमूना बन्न शुभकामना व्यक्त गर्नुभयो ।

जसमा, बाख्रामा नगरको ७ लाख, समूहको ५ लाख ६२ हजार ५ सय गरी १२ लाख ६२ हजार ५ सय, बंगुरमा नगरको ६ लाख र समूहको ५ लाख १५ हजार गरी ११ लाख १५ हजार, आलुको नगरको ६ लाख र समूहको ५ लाख ५० हजार गरी ११ लाख ५० हजार रुपैयाँ रहने छ । त्यस्तै, मकैका लागि नगरको १२ लाख र समूहको ९ लाख ७५ हजार गरी २१ लाख ७५ हजार, मौरीका लागि नगरको ६ लाख र समूहको ५ लाख गरी ११ लाख तथा भैंसी प्रवद्र्धनमा नगरको १९ लाख ९४ हजार र समूहको ५ लाख ९० हजार गरी २५ लाख ८४ हजार रकम रहने सम्झौता छ । मकै पकेट र भैंसी प्रवद्र्धन यस वर्षको नयाँ कार्यक्रम रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । दहाल र कृषि शाखा प्रमुख सावित्रा कार्की सहितको सहभागितामा सम्झौता भइ सम्झौतापत्र हस्तान्तरण भएको हो ।

सम्बन्धित खवर