तत्काल महाधिवेशन असम्भव ः कांग्रेस नेता ​शेखर कोइराला

तत्काल महाधिवेशन असम्भव ः कांग्रेस नेता ​शेखर कोइराला

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन तत्काल नहुने कांग्रेस नेता शेखर कोइरालाले बताएका छन् ।

कोइरालाले ट्विट गर्दै “तल्लो तहबाट विधान र प्रक्रियागत ढंगले आएका, छानविन समितिले मापदण्ड बनाई निर्णय गरिएका बाहेक केन्द्रबाट विधि बिपरित थपिएका क्रियाशील सदस्यता खारेज नभएसम्म र पार्टी समायोजनका नाममा प्रकृया नपुर्याई वितरण गरिएका सदस्यता नरोकिएसम्म महाधिवेशनमा जान सकिन्न” भनेका छन् । विभिन्न समयमा पार्टि प्रवेश गरेर आएकाहरुलाई नेताहरुले आफु खुसी कृयाशिल सदस्यता सिफारिस गरेका थिए । सोही कृयाशिलका कारण कांग्रेसमा अहिले चर्को विवाद चलिरहेको छ ।

अब त्यसरी माथिल्लो तहमा आफुखुसी नेताहरुले गरेका कृयाशिल सिफरिस फिर्ता हुन्छ की हुदैन भन्ने विषयले अन्यौलता छाएको छ । कोइरालाको यो ट्विटले आम कार्यकर्तामा फेरी आशंका उब्जाएको छ । महाधिवेशन कहिले गर्ने भन्ने विषयमा सभापति देउवा छलफल गरिरहेका छन् ।

यता नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले तोकिएको मितिमा महाधिवेशन गर्न माग गरेका छन् । काठमाडौँमा सोमबार र मंगलबार भएको भेलामा सहभागी जिल्ला सभापतिहरुले तोकिएको मिति भदौ १७, १८ र १९ गते महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने माग राखेका छन् ।

सम्बन्धित खवर