पथरी इलाकाको सक्रियतामा ब्राउनसुगर सहित ४ जना नियन्त्रणमा

पथरी इलाकाको सक्रियतामा ब्राउनसुगर सहित ४ जना नियन्त्रणमा

पथरी, इलाका प्रहरी कार्यालय पथरी मोरङको सक्रियतामा लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

असार ३ गते पथरी शनिश्चरे नगरपालिका वडा नं. १ बस्ने ३५ वर्षीय नारायण परियार र वर्ष ३२ का कृष्ण दर्नाल १३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर र डिजिटल तराजु सहित पक्राउ परेका हुन् । बिहान ६ बजेको समयमा नरायण परियारको घरबाट उनिहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

यस्तै, कानेपोखरी गाउँपालिका वडा नं. २ वस्ने ३१ वर्षीय हर्क बहादुर विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई असार ४ गते नियन्त्रणमा लिएको हो । उनिहरुको साथबाट २ ग्राम ४ सय मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेको हो । विष्ट र निरौलालाई कानेपोखरी २ कालिकास्थान स्थित हर्क बहादुर विष्टको घरबाट पक्राउ गरिएको पथरी प्रहरीले जनाकाएको छ ।

ब्राउनसुगर बिक्री वितरण, संचय तथा सेवन गर्ने उद्देश्यले घरमा लुकाएर राखेर अवस्थामा फेला पारेको हो । पक्राउ परेका चारैजना प्रतिवादी उपर लागु औषध सम्बन्धी कसुरमा जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर