बिहे गर्न कर गरेपछि रतुवामाईमा प्रेमिकाको हत्या गरेर शव मकैबारीमा फ्यालियो

बिहे गर्न कर गरेपछि रतुवामाईमा प्रेमिकाको हत्या गरेर शव मकैबारीमा फ्यालियो

मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरिता सोरेनको हत्या अभियोगमा ३१ वर्षीय सुफल हस्दा पक्राउ परेका छन्।

प्रहरीले उनलाई लगभग डेढ महिनापछि पक्राउ गरेको छ। सरिताको हत्यामा रतुवामाई नगरपालिका–६ कपरसुकाका हस्दाको संलग्नता पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। खड्काका अनुसार सुफल र सरिता ६ महिनाअघिदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ।

रतुवामाई ४ भद्रचौक नजिकै मकैबारीमा मृत फेला परेकी महिला         तस्बीर : प्रदेश दैनिकबिहेमा जाने भन्दै वैशाख १७ गते घरबाट हिँडेकी सरिता प्रेमी सुफललाई भेट्न रतुवामाई पुगेको पाइएको छ। प्रहरीका अनुसार दुई जनाको भेट भएपछि बिहे गरेर घरमै लैजानु भन्दै सरिताले दबाब दिएको खुल्यो। त्यसलाई अस्वीकार गरेका सुफलले कुटपिट गरेर र घाँटी थिचेरे हत्या गरेको पाइएको एसपी खड्काले बताए।

घरबाट बिहेमा जान भन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकैबारीमा फेला परेको थियो। घटनापछि फरार रहेका सुफललाई मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले महेन्द्रनगरको कञ्चनपुरबाट बुधबारसाँझ पक्राउ गरेर मोरङ ल्याएको छ।

प्रहरीले उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ। फरार रहेका सुफल भारत गएर उतै बस्ने योजनामा रहेको पाइएको एसपी खड्काले बताए। तर प्रहरीले पक्राउ गर्न सकेका कारण उनको भारत जाने योजना भने सफल भएन।

विगत छ महिनादेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरिताले दबाब दिन थालेपछि दुई जनाबीच विवाद बढेर घटना भएको देखिएको एसपी खड्काको भनाइ छ। सरिताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ। प्रहरीका अनुसार चिनजानका साथी रहेका सरिताका श्रीमान र सुफल दुवै जना ट्याक्टर चलाउँथे।

श्रीमानको मृत्यु भएपछि सुफल प्रेमको नाटक गर्दै सरितासँग नजिकिएको पाइएको प्रहरीले जनाएको छ।

हत्याको आरोपमा पक्राउ परेका रतुवामाई–६ कपरसुकाका ३१ वर्षीय सुफल हस्दा

सम्बन्धित खवर