हेफर इन्टरनेशनले ग¥यो आइसोलेसन सेन्टर व्यवस्थापनका लागि ५ लाख सहयोग

हेफर इन्टरनेशनले ग¥यो आइसोलेसन सेन्टर व्यवस्थापनका लागि ५ लाख सहयोग

पथरी, हेफर इन्टरनेशनले कोराना भाइरस संक्रमितको उपचारमा सञ्चालित आइसोलेसन सेन्टरका लागि रकम सहयोग गर्ने क्रममा आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयलाई ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

यस क्रमममा हेफरले अभियान नेपालमार्फत कृषि र पशुपालन परियोजना सञ्चालन गरेको मोरङ र झापाका ५ पालिका अन्तर्गतको पथरी शनिश्चरेमा चौतारी सामाजिक उद्यमी महिला सहकारी संस्था हुँदै ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । संविधानसभा सदस्य एवम् अभियान नेपालका प्रमुख प्रेम गिरीको अगुवाईको टोलीले नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल, नगर प्रवक्ता यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई हस्तान्तरण गरेको छ ।

उपप्रमुख वास्तोलाले कोरोनाले निम्त्याएको अप्ठेरो अवस्थामा भएको सहयोगप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभयो । कोरोना संक्रमित र मृत्यु हुनेको संख्याका आधारमा आफ्नो कार्यक्षेत्र रहेको ५ पालिकामा आर्थिक सहायता प्रदान गरिएको संस्थाले जनाएको छ ।

मोरङको कानेपोखरीमा १२ लाख ५० हजार, सुन्दरहरैंचामा ७ लाख ५० हजार, बेलबारीमा ७ लाख ५० हजार र पथरी शनिश्चरेमा ५ लाख र झापाको अर्जुनधारामा ८ लाख गरी ४० लाख ५० हजार रुपैयाँ सहयोगको कार्यक्रम अघि बढाएको छ । अर्जुनधारामा भोली हस्तान्तरण हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी, पथरी शनिश्चरेको आइसोलेसनका लागि हाइभिजन अर्गानिक कृषि फर्म प्रालि काठमाडौंले सदस्य भोजराज घिमिरेमार्फत ७ सेट पीपीइ उपलब्ध गराएको छ । साथै आज नै नेपाल आयुर्वेद औषधि व्यवसायी संघ १ नम्बर प्रदेशले २० जना विरामीका लागि पुग्ने रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ ।

यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना तर्जुमा समितिले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विषयत समितिमार्फत नीति, कार्यक्रम तथा बजेट तर्जुमा सम्बन्धमा लगातार बैठक बसी छलफल अघि बढाएको छ ।

नगर उपप्रमुख एवम् समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षताको बैठकमा नगरमा रहेका ६ वटा विषयत समितिका नीति, कार्यक्रममाथि छलफल भएको छ । यस क्रममा आज विधायन समिति, भौतिक पूर्वाधार समिति, वातावरण तथा विपत व्यवस्थापन समिति र सार्वजनिक सुशासन तथा क्षमता विकास समितिको नीति, कार्यक्रम बारे छलफल गरि कार्यपालिका बैठकमा लाने निर्णय गरिएको छ । सामाजिक विकास समितिको नीति, कार्यक्रम बारे भोली वस्ने बैठकले छलफल गर्ने समिति संयोजक वास्तोलाले जनाउनु भयो ।

हिजो आर्थिक विकास समितिले प्रस्तावित रुपमा अघि सारेको नीति, कार्यक्रमका बारेमा छलफल भएको थियो ।

सम्बन्धित खवर