कोरोना अपडेटः थप ३ हजार ७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

कोरोना अपडेटः थप ३ हजार ७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५९८ पीसीआर परीक्षणमा २ हजार ७०९ जना र ५ हजार ५८४ एन्टिजेन परीक्षणमा १०४१ जना गरी ३ हजा ७५० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको मृत्यु भएको छ । त्यस्तै सोही अवधिमा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९२१, ललितपुरमा १६३, मोरङमा १५१ तथा नुवाकोट, कास्कीमा ११७/११७ जना र सुर्खेतमा ११६ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै सुनसरीमा ८४, चितवनमा ८३, कैलालीमा ७१, भक्तपुरमा ५६, नवलपरासी पूर्वमा ५४, काभ्रेमा ५०, मकवानपुरमा ४९ र धनुषामा ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

झापा र सिन्धुपाल्चोकमा ३५/३५ जना, जुम्लामा ३२, दाङमा ३३, तनहुँमा २८, कञ्‍चनपुरमा २३, धादिङमा २२, सिन्धुली र कपिलवस्तुमा २०/२० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीमा १९, दोलखामा १८, गुल्मी र पाल्पामा १७/१७ जना, सिरहा, लमजुङ र बर्दियामा १‍५/१५ जना, नवलपरासी पश्‍चिममा १३, संखुवासभमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धनकुटा, रामेछाप,गोरखा रम्‍याग्दीमा ९/९ जना, रोल्पा र बाँकेमा ८/८ जना, उदयपुर, तेह्रथुम, बारा, महोत्तरी र अर्घाखाँचीमा ७/७ जना, सर्लाही र स्याङ्जामा ६/६ जना, पर्सा, रौतहट र रसुवामा ५/५ जना, ताप्लेजुङ, सल्‍यान र डोटीमा ४/४ जना, इलाम, सोलुखुम्बु, बागलुङ र डडेलधुरामा ३/३ जना, खोटाङ, भोजपुर, प्‍युठान, जाजरकोट र रूकुम पश्‍चिममा २/२ जना तथा ओखलढुंगा, डोल्पा, मुगु, दार्चुला, बाजुरा र बैतडीमा १/१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ८१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २११ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर