गोलबजार नगरपालिकामा २५ बेडको अस्थाई कोभिड अस्पताल संचालनमा

गोलबजार नगरपालिकामा २५ बेडको अस्थाई कोभिड अस्पताल संचालनमा

राजेन्द्र महतो, लहान

सिरहाको गोलबजार नगरपालिकाले २५ बेडको अस्थाई कोभिड अस्पताल आजबाट संचालन गरेको छ। नगरपालीकाले एक करोड ३५ लाख लगानीमा निर्मित गोलबजार अस्पताललाई ‘अस्थाई कोविड’ अस्तालको रुपमा सञ्चालनमा ल्याएको गोलबजार नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले बताएका छ्न् ।

गोलबजारनगर प्रमुख देवनाथ साहले उद्घाटन गर्दै कर्मचारी र जनप्रतिनिधि सहकर्मीहरुको सहयोगमा आज अस्पताल सञ्चालन सम्भव भएको बताएका छ्न् । नगरप्रमुख साहले शिलालेख उद्घाटन गर्दै अस्पताल सञ्चालनबाट स्थानीय जनताले राहत पाउने बताउदै अस्पताललाई आवश्यकता अनुसार सुविधा सम्पन्न बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

कार्यक्रममा अस्पताल निर्माणका लागि निःशुल्क जग्गा दानगर्नुहुने स्थानीय समाजसेवी तथा पूर्व प्रमुख जिल्ला अधिकारी ललितबहादुर थापालाई धन्यवाद ज्ञापन गरेका थिए । समाजसेवी थापाले ट्रमा सेन्टर निर्माणका लागि करिव ४ करोड मूल्य बरावरको एक विगहा जमिन निःशुल्क दान गरेका हुन् ।कार्यक्रम मा सिरहा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जिल्लामा पछिल्लो पटक कोभिड १९ सङ्क्रमणको दरमा निरन्तर कमी आएपनि महामारी नियन्त्रणमा अस्पताल सञ्चालनबाट राहत पुग्ने बताएका छन। । उनले जिल्लामा सङ्क्रमणदर घटेको हो की परीक्षण हुन नसकेको हो भन्ने अझै एकीन हुन नसकेको बताए । प्र जि अ कणेलले पछिल्ला दिनहरुमा कोभिड १९ सङ्क्रमण दर कम देखिएको छ । तर, यो कमि हुँदै आएको हो की परीक्षण हुननसकेको भन्ने खोजविन गर्नु जरुरी छ ।

सोही क्रममा प्रमुख जिल्ला अधिकारी कणेलले नगरपालीकालाई प्रत्यक वडामा रहेका स्वास्थ्यसंस्थाहरुमार्फत सङ्क्रमणका लक्षण देखिएकाहरुको पहिचान गरी उनीहरुलाई परीक्षणको दायरामा ल्याउन पनि सुझाएका थिए । उनले कोरोना रोकथामको लाग हामीले हातधुने, माक्स लगाउने लगाएतका बानिबेहोरामा सुधार ल्याएपनि अझै जनचेतना फैलाउनुपर्ने अवस्था रहेको बताए ।

त्यस्तै गोलबजार नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले महामारीको समयमा अस्पताल निर्माण महत्वपूर्ण काम भएको बताए । उनले ट्रमा सेन्टरको रुपमा निर्माण गरिएको भएपनि यो अस्पतालले महामारिको समयमा प्रभावकारी सेवा प्रदान गर्नेमा आफू विश्वस्त रहेको जनाए । उनले भविष्यमा यसलाई व्यस्थित र स्तरीय ट्रमा सेन्टरकै रुपमा विकसित गरीने पनि बताए ।

प्रमुख प्रशासकिय अधिकृत केसीले नगरक्षेत्रका होम आईशोलेशनमा वस्न सम्भव भएका सङ्क्रमितहरुलाई राख्नेगरी गोलबजार ३ मा रहेको सरस्वति माध्यमिक विद्यालयमा ६५ बेडको आईसोलेशन सेन्टर सञ्चालन गरेको पनि जानकारी दिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुअ रेशम कुमारी थापा, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, शेर गण चोहर्वाका प्रमुख लगाएतका उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर