सरकारलाई चुनावको चटारो, किट नहुँदा कोरोना परीक्षण रोकिदै

सरकारलाई चुनावको चटारो, किट नहुँदा कोरोना परीक्षण रोकिदै

सरकारलाई चुनाबी चटारो छ तर यहि बेला प्रदेशमा एकमा भने कोरोना परीक्षण गर्ने रिएजेन्ट अभाबमा पीसीआर प्रयोगशाला बन्द हुन थालेको छ । किट अभाबकै कारण प्रयोगशालामा परीक्षण घटेको छ । भने झापाको मेची अस्पतालको प्रयोगशालाले परीक्षण बन्द गरेको छ ।

मेची अस्पतालले पीसीआर किट (रिएजेन्ट) को अभाव भएको भन्दै शनिबार सूचना जारी गरेर अनिश्चितकालका लागि परीक्षण बन्द गरेको हो । अस्पतालका सूचना अधिकारी मनोज पोखरेलका अनुसार दैनिक २०० जनाको परीक्षण भइरहेको अस्पतालको प्रयोगशालालाई सरकारले किट उपलब्ध नगराएपछि परीक्षण बन्द भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले किट छैन भनेकोले परीक्षण बन्द गर्नुपरेको अस्पतालले जनाएको छ । मेची मात्र हैन अन्य प्रयोगशालामा पनि किट सकिँदै गएको छ ।

प्रदेश १ मा कोशी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, कन्काई कोटिहोम प्रयोगशाला र अन्य निजी क्षेत्रका केही अस्पतालमा कोरोनाको पिसिआर परीक्षण हुँदै आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले किट अभाबको समस्या प्रदेशभरिका प्रयोगशालामा रहेको बताउँदै आपूर्तिका लागि पहल भइरहेको बताए ।

सम्बन्धित खवर