विराटनगर राउण्ड टेवलले प्रहरी, सशस्त्र र पत्रकारलाई माक्स वितरण

विराटनगर राउण्ड टेवलले प्रहरी, सशस्त्र र पत्रकारलाई माक्स वितरण

किरण न्याैपाने, रंगेली

कोरोनाको दोस्रो लहरसंगै विराटनगर राउण्ड टेवल १५ ले समाजिक उत्तरदायित्व निर्भाह गर्दै स्वास्थ्य सामाग्री वितरण थालेकोे छ ।

राउण्ड टेवलले कोरोनाको अग्रणी स्थानमा रहेर काम गर्ने प्रहरीलाई करिव २ हजार थान एन नाईटी फाईब मास्क वितरण गरेको छ । विराटनगर राउण्ड टेवल १५ का पुर्व अध्यक्ष राजेश वगडियाले इलाका प्रहरी कार्यालय रंगेली र सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट रंगेलीलाई सो मास्क उपलब्ध गराएका हुन् । राउण्ड टेवलले एक भेटघाट विच इलाका प्रहरीलाई १ हजार ५ सय र सशस्त्र लाई ५ सय थान माक्स उपलब्ध गराएको थियो । इलाका प्रहरी र रंगेली विओपीले दक्षिणपुर्वी मोरङको भारतिय सिमा नाकामा अग्रणी स्थानमा रहेर काम गर्दै आएको छ । सो क्रममा सञ्चारकर्मीहरुलाई समेत राउण्ड टेवलले एन नाईटी फाईब माक्स उपलब्ध गराएका छन् ।

सम्बन्धित खवर