प्रहरीको प्रशंसनीय कामः आफ्नो तलब रकमबाट अस्पताललाई दिए ४० थान अक्सिजन सिलिन्डर

प्रहरीको प्रशंसनीय कामः आफ्नो तलब रकमबाट अस्पताललाई दिए ४० थान अक्सिजन सिलिन्डर

धनगढी, ईलाका प्रहरी कार्यालय टीकापुरले महामारीको समयमा निकै प्रशंसनीय काम गरेको छ ।

ईप्रका टीकापुरले कार्यालय मातहतका कार्यालय र अस्थायी ट्राफिक पोष्ट टीकापुरका प्रहरीले स्वस्फूर्त रुपमा रकम संकलन गरि ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराएको छ ।

टीकापुर अस्पतालमा अक्सिजन सिलिन्डरको चरम अभावलाई मध्यनजर गर्दै ईप्रका टीकापुरले यस्तो परिस्थितिलाई मध्यनजर गर्दै उक्त अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा ईप्रका टीकापुरका प्रहरी प्रमुख डिएसपी मधुसूदन न्यौपानेले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार कार्यालयमा कार्यरत सबै प्रहरीले पाँच सयका दरले रकम संकलन गरेर अक्सिजन सिलिन्डर रिफिल गरि अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित खवर