अस्ट्रेलियामा फैलियो महमारीका रुपमा भिरिंगी यौन रोग

अस्ट्रेलियामा फैलियो महमारीका रुपमा भिरिंगी यौन रोग

अस्ट्रेलियामा कोरोनाभाइरस महामारी रोक्नको लागि लगाइएको लकडाउन खुकुलो पारिएसँगै यहाँ भिरिंगी यौनरोगको महामारी तीब्र रुपमा फैलिएको छ । विशेषगरी अस्ट्रेलियाको मेलबर्न क्षेत्रमा यो संक्रमण महामारीकै रुपमा फैलिएको स्थानीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

न्यूज डटकम डट एयुका अनुसार यो महामारी त्यहाँ विष्फोट भएझैं फैलिएको छ र नयाँ संक्रमण दर २२० प्रतिशतले वृद्धि भएको हुनसक्ने त्रास बढेको छ । यौनजन्य रुपमा सर्ने सो संक्रामक रोग परीक्षण गरेर रेकर्डमै दर्ता भएका केसमा पनि ४५ प्रतिशतले वृद्धि भएको पाइएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

रेकर्डमा नभएमा संक्रमणका केसहरु धेरै हुन सक्ने र संक्रमण भएर लुकेका मानिसहरुको समेत तथ्यांक हेर्दा यो संख्या ठूलो हुनसक्ने आशंका गरिएको छ । यो महामारी रोक्नको लागि डाक्टरहरु संघर्ष गर्नुपर्ने अवस्थामा पुगेका छन् । यसरी संक्रमण फैलिनुको मुख्य कारण लकडाउन खुकुलो पारिनु भएको आरोप लगाइएको छ ।

न्यूज डटकम डटएयुसँग कुरा गर्दै महामारी विशेषज्ञ एसोसिएट प्रोफेसर एरिक चाओले २०१५ मा ९५० यौनजन्य संक्रमणका केस भेटिएकोमा यो संख्या २०१८ मा बढेर १३७५ पुगेको बताए । उनका अनुसार अहिले यो रोगको प्रकोप त्योभन्दा कैयौं ठूलो छ ।

उनले भने ‘यो महामारी कुनै बेला भित्री मेलबर्नमा पुरुष समलिंगीमा केन्द्रित थियो तर अहिले यो त्योभन्दा धेरै सामान्य भएको छ र धेरै क्षेत्रमा फैलिएको छ ।’ उनले अगाडि भने ‘सबैभन्दा चिन्ताको विषय भनेको भिरिंगी प्रजनन उमेरका महिलाहरुमा फैलिनु हो किनकि हामीलाई थाहा छ । भिरिंगीले गर्भावस्थामा गम्भीर जटिलताहरु निम्त्याउन सक्छ र यसले बच्चाको मृत्युसमेत हुन सक्छ । त्यसैले हामीले गर्भावस्थाको तेस्रो त्रैमासिकमा रहेमा महिलाहरुलाई स्क्रिनिङ गर्न आग्रह गरेका छौं र उनीहरुको पहिलो त्रैमासिकमा यसै पनि स्क्रिनिङ गरिन्छ ।’

सम्बन्धित खवर