अटो टेम्पु भिरबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते

अटो टेम्पु भिरबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते

खोटाङ, खोटाङ जन्तेढुंगा गाउपालिका ५ घोर्ले स्थित तारेभिरबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परियारको मृत्यु भएको छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो ।

उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जन्तेढुंगा ४ का ३३ बर्षीय जिवन राई, चालककै छोरा ७ महिनाको जर्मन राई, जेन्तेढुंगा ५ का १६ बर्षीय मणिराम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणिराम राईको अबस्था सामान्य रहेकोले स्थानिय स्वास्थ्य केन्द्रमा नै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो ।

मंगलबार बिहान १० बजे घोर्लेबाट बिरामी बोकी चिसापानी आउने क्रममा लु. १ स. ०३५० नम्बरको अटोटेम्पु तारेभिरबाट अन्दाजी ५०० मिटर तल खसेको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी टोली खटि गई घाइतेहरुलाई उद्धार गरि उपचारको लागि घोपा धरान तर्फ पठाईएको हो ।

सम्बन्धित खवर