दक्षिण कोरियाका राष्ट्रपतिलाई दोस्रो खोप

दक्षिण कोरियाका राष्ट्रपतिलाई दोस्रो खोप

सोल : दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले शुक्रबार कोरोनाभाइरस विरुद्धको दोस्रो खोप लगाउनु भएको छ । राष्ट्रपति कार्यालय ब्लु हाउसले दिएको जानकारी अनुसार उहाँले राजधानी सोलमा रहेको जनस्वास्थ्य केन्द्रमा गएर दोस्रो खोप लगाउनु भएको हो ।

उहाँले खोपको पहिलो मात्रा भने गत मार्च २३ तारिखमा लगाउनु भएको थियो । अमेरिकाको भ्रमणमा निस्कनु अघि उहाँले दोस्रो मात्रा लगाएर खोपको मात्रा पुरा गर्नु भएको हो । राष्ट्रपति मुनको जनसञ्चार सम्बन्धी वरिष्ठ सचिव चाङ मान होले पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा पनि यस बारेमा जानकारी दिनु भएको थियो ।

उहाँका अनुसार राष्ट्रपति मुन आगामी मे २१ मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नेगरी अमेरिका जान लाग्नु भएको छ ।   :- सिन्ह्वा

 

सम्बन्धित खवर