बलात्कृत आत्मा !

बलात्कृत आत्मा !
  • ज्ञाननाथ निरौला

मैले आफू लुछिएर,किच्चिएर क्षतविक्षत भएर पनि
मेरो ज्यान बचाइदिन त भनेकी थिए
मेरा नरम छालाले बनेका गालामा
तिम्रो झुसुल्किरे जिब्रो दलिएकै थियो
मेरा कलिला ओठमा तिम्रो दुर्गन्धमय अछ्वास
मिसेकै थियौ
अति कठोर भएर गैंडाको घालले मेरो तिघ्रो चाटेकै थियौ
मेरा भर्खर पलाउँदै गरेका छातीमा
त्यो मुस्तन्ड हातले निचोरनाचोर त गरेकै थियौ
भरखरै पहिलो मासिका भएर
थिलथिलिएको मेरो कलिलो योनिमा
त्यो पासविक मुसल त घुसारेकै थियौ
के नपुगेर मेरो घाँटी निचोर्‍यौ ?
त्यतिखेरको सन्त्रासको आवेगमा पनि
मैले ज्यानको याचना त गरेकी थिएँ
कङ्कला शब्द भरेकि थिएँ
शायद कोही आउँछ कि
कसैले बचाउँछ कि भनेर
तर मेरो दमित आवाजको त्यो प्रसार
उसैको ब्यभिचारलाई पुगेछ
उसैका सहयोगी बढे
तीबाट म च्यातिएँ
भत्काइएँ
मेरा शरीरका पोटिपोटी लुछिए
तैपनि मैले बोली निक्लिउन्जेल बाँच्न देओ भने
मेरो अस्मिताको कत्ति प्रबाह नगरी
साससम्म छाडिदिन आग्रह गरेँ।
अहिले सम्झ्न्छु मलाई मारे ठिकै गरे
काकाबाट बलात्कृत,भाइबाट करणी ,
बाबुबाट जबर्जस्तिको प्रहारिलो सामाजिक जियाइ
त्यो मृत्युभन्दा शायद कष्टकर हुन्थ्यो
त्यो चारदिवारी भित्रको मेरो चीत्कार शायदै कसैले सुन्थ्यो
यहाँ देख्छु हजारौं मैजस्ता किशोरी ,युवती अनि बृद्धा पनि
नङ्ग्याइएर मारिएका छन्
सायद यिनले पनि बाँच्न देओ त पुकारेका थिए होला
सास नै नदबाओ त आवाज निकालेका थिए होला
बलात्कृत पछिका ती जिवित शरीरलाई देख्छु
जो बाँचेको भानमा क्षणक्षण मरिरहेका छन्
एउटा मृत्यु होइन,हज्जारौं मृत्युु सहिरहेका छन् ।
त्यसैले
यो मराइले मैले दैनिक मरिने त्यो दिनचर्या त सहनु परेन।

सम्बन्धित खवर