१५ हजार बाख्रालाई पीपीआर खोप

१५ हजार बाख्रालाई पीपीआर खोप

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा यस पटक १५ हजार बाख्रालाई पीपीआर र ७ हजार गाईं भैंसीलाई खोरेत विरुद्धको खोप लगाइएको छ ।

‘पशुपन्छीहरुलाई खोप लगाऔं, महामारी रोगबाट बचाऔं’, भन्ने नाराका साथ आज पथरीशनिश्चरे नगरपालिका कार्यालयको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र विराटनगरको सहयोगमा संघीय सरकार र प्रदेश सरकारमार्फत खोप उपलब्ध भएको थियो । प्रत्येक वडाका लागि पीपीआर विरुद्धको खोप १५ हजार डोज र खोरेतको ७ हजार डोज उपलब्ध गराइएकोमा सो संख्यामै खोप लगाइएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो ।

खोप लगाउने कामका लागि पुष्पबहादुर पौडेलको अगुवाईमा २१ जना पाराभेट्हरुको सहभागिता रहेको छ । अव सँुगुरमा स्वाइनफिवर विरुद्धको समेत खोप लगाइने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर