सुरुङ्गा दुर्घटनामा धरान १६ का दिपक क्षत्रीको पनि मृत्यु, मृत्यु हुनेको सँख्या २ पुग्यो

सुरुङ्गा दुर्घटनामा धरान १६ का दिपक क्षत्रीको पनि मृत्यु, मृत्यु हुनेको सँख्या २ पुग्यो

झापा : पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झापाको सुरुङ्गा माईधार सडक खण्डमा आज भएको सवारी दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सँख्या दुई पुगेको छ ।
मृत्यु हुनेमा सोलुखुम्बुको पासाङल्यामु गाउँपालिका १ का ३३ बर्षीय दिलिप राना र सुनसरीको धरान १६ का दिपक क्षेत्री रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । आज अपरान्ह् करिब साढे ४ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को ४ क १६८४ नम्बको ट्रकले सुरुमा प्रदेश १–००१ च ०१६७ नम्बरको कारलाई ठक्कर दिएको थियो । त्यसपछि सो ट्रकले प्रदेश १ –०१३ –प १७८३ नम्बरको मोटरसाईकललाई समेत ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परि ५ जना घाईते भएका छन् ।

सम्बन्धित खवर