लर्ड बुद्धले ग¥यो ज्येष्ठ सदस्यलाई आजीवन पेन्सन वितरण

लर्ड बुद्धले ग¥यो ज्येष्ठ सदस्यलाई आजीवन पेन्सन वितरण

पथरी, लर्ड बुद्ध साकोसले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी आफ्ना ७० बर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुलाई “ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन)” वितरण गरेको छ ।

संस्थाले मासिक रू. ७५० का दरले ३ महिनाको जनही रू. २ हजार २५० वितरण गरेको हो । संस्थाले १४ जना ज्येष्ठ सदस्यहरुलाई जम्मा ३१ हजार ५ सय रुपैँया वितरण गरेको हो ।

संस्थाले २०७४ साल बैशाखदेखि आप्mना ज्येष्ठ सदस्यहरुलाई आजीवन पेन्सन उपलब्ध गराउन प्रारम्भ गरेको हो । २०७४ सालभर मासिक रू। . २ सय, २०७५ सालभर मासिक रू. ४ सय, २०७६ सालभर मासिक रू. ६ सयका दरले उपलब्ध गराईएको भत्ता २०७७ बैशाखदेखि मासिक रू. ७५० भएको हो ।

आजकै दिन सदस्यता नं. ३६२ का सेयर सदस्य रत्नकुमारी भट्टराईको जन्मदिनको अवसरमा केक काटी संस्थाले जन्मदिन मनाईदिएको छ । जन्मदिनको अवसरमा सु–स्वास्थ्य र दिर्घायुका कामनासहित संस्थाको तर्फबाट उपहार पनि प्रदान गरिएको थियो ।

सम्बन्धित खवर