मुख्यमन्त्री राईको मिस मंगोल शेर्पासँग विवाह हुँदै

मुख्यमन्त्री राईको मिस मंगोल शेर्पासँग विवाह हुँदै

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको मिस मंगोल जाङ्मु शेर्पासँग विवाह हुने भएको छ ।

माघ ११ गते काठमाडौंमा शेर्पासँग मुख्यमन्त्री राईले विवाह गर्न लाग्नुभएको हो। उहाँहरुबीच प्रेम सम्वन्ध रहेको र माघ ११ गते विवाहमा परिणत भएको हो ।

मुख्यमन्त्री राईसँग विवाह हुन लागेकी शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । उनीहरु करिब एक वर्षयता प्रेममा थिए । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ ।

नेपालमा पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेको हुन् । यो नेपाली राजनीतिबृत्तका लागि सम्भवः पहिलो र नौलो हुनसक्छ ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

सम्बन्धित खवर