कम्रेड :
केकालागी युद्ध गरेको बिर्सनु भो तपाईंले
हजारौं जनता मरेको बिर्सनु भो तपाईंले
गोलि लागेर छातीमा छ्ट्पटाइ रहेको साथी
छोडेर तमोर तरेको बिर्सनु भो तपाईंले
यति धेरै मात लागेछ कम्रेड कुर्सिको
निर्दोष जेलमा परेको बिर्सनु भो तपाईंले
उम्रीयो बिरुवा गोडमेल गर्दैछन् किसान
गाउँमा सपना छरेको बिर्सनु भो तपाईंले
-सितल बिष्ट