झारफुकको बाहानमा युवती बलात्कृत, मौलाना पक्राउ

झारफुकको बाहानमा युवती बलात्कृत, मौलाना पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको लहानमा झारफुकको बाहानमा एकजना युवती बलात्कृत भएकी छिन् । मिर्चैया नगरपालिका–१० घर भई हाल लहान नगरपालिका –१० ग्रामीण चोकमा बस्दै आएका ३५ वर्षीय मौलाना अली हसनले लहान नगरपालिका ७ की २३ वर्षीया युवतीलार्इ झारफुकको बहानामा बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

मंगलबार दिउँसो ती युवती झारफुक गराउन गएको बेला मौलानाले बलात्कार गरेको पीडितको आफन्तले बताएका छ्न् । युवतीको बयानका आधारमा मंगलबार राति नै हसनलाई प्रहरी ले पक्राउ गरेको छ।

बलात्कारपछि रक्तश्राव हुँदा गम्भीर बनेकी युवतीको लहानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
पीडित युवती र हसनको मंगलबार राति नै लहान अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ।

ग्रामीण चोकस्थित मौलानाको घरमा झारफुकका लागि मंगलबार दिउँसो २ बजेतिर आफन्तसहित गएकी किशोरीलाई ढोका थुनेर आधा घन्टापछि निकालेको आफन्तको आरोप छ । मौलानाको घरबाट निस्किएपछि हतास देखिएकी युवतीले घरमा पुगेर आफूलाई बलात्कार गरेको र रक्तश्राव भइरहेको बताएकी थिइन् । त्यपछि परिवारजन मौलानाको घरमा पुगेर कुटपिट गर्दै प्रहरीलाई खबर गरेका थिए । मौलानालाई हिरासतमा राखेर अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर