सिरहामा एक मुस्लिम समुदाय महिलाको शंकास्पद मृत्यु

सिरहामा एक मुस्लिम समुदाय महिलाको शंकास्पद मृत्यु

राजेन्द्र महतो, लहान

सिरहाको लहान नगरपालिका १८ शोभापुरमा एक मुस्लिम समुदायकी महिलाको शंकास्पद रुपमा मृत्यु भएको छ ।
लहान नगरपालिका १८ शोभापुरका दिल मोहम्मदकी श्रीमती २५ वर्षीया इसरत खातुनको मृत्यु शंकास्पद देखिएको हो।

स्थानीयका अनुसार उनलाई सोमबार राती आफन्त पर्ने सासु–ससुराले कुटपिट गरेका थिए । घाइते खातुनको स्थानीय औषधी पसलमा उपचार गराएका थिए । बिहीबार साँझ उनको मृत्यु भएको छ ।

स्थानीयका अनुसार मृत्युपछि केही व्यक्तिले एम्बुलेन्समा राखि उपचार गराउन भन्दै अस्पताल पुर्‍याउँ‍न लगिरहेका थिए । गाउँबाट प्रहरीलाई खबर पुग्यो । प्रहरी अस्पताल पुग्दा महिलाको मृत्यु भइसकेको थियो । शवलाई पोष्टमार्टमका लागि लहानस्थित राउ स्मारक अस्पतालमा राखिएको छ ।

घटनामा अनुसन्धानका लागि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ । इलाका प्रहरी कार्यालय लहानका डिएसपी शरत थापा क्षेत्रीका अनुसार घटनाको जाहेरी आएको छ । त्यही अनुसार अनुसन्धान अगाडी बढाएको बताएका छन्।

डीएसपी थापाले महिलालाई कुटपिट गर्ने आरोपित एक जनालाई नियन्त्रणमा लिएको, अस्पताल पुर्‍याउने व्यक्तिले विष सेवन गरेको भनेर कुरा जानकारी गराएको छ, पोष्टमार्टमपछि सबै कुरा खुल्ने बताएका छ्न् ।

मृतकका आमाबुबाले कुटपिटबाट छोरीको मृत्यु भएको बताएका छन् । मृतकको पति दिल मोहम्मद वैदेशिक रोजगारमा कतार गएका छन् । उनी दुई छोराछोरीसहित एक्लै घरमा बस्दै आएकी थिइन् ।

सम्बन्धित खवर