चित्तल बोकेर आउँदैगरेका बुढाथोकी गाडी सहित प्रहरी नियन्त्रणमा

चित्तल बोकेर आउँदैगरेका बुढाथोकी गाडी सहित प्रहरी नियन्त्रणमा

पथरी, मरेको चित्तल बोकेर आउदैगरेका शम्भु बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको पथरी शनिश्चरे १ का बुढाथोकीले कानेपोखरीबाट चित्तल लिएर पथरी आउँदै गर्दा मंगलबार दिउँसो १२ः४० बजेको समयमा प्रहरीको नियन्त्रणमा परेका हुन् ।

चित्तल लिएर हिडेको भन्ने सूचनाका आधारमा प्रहरीले मोरङ्गी पुलबाट बुढाथोकीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी उपरीक्षक (डिएसपी) दिलिप कुमार गिरीले जानकारी दिनुभयो । प्रदेश १–०२००२ च ३७०० नं. को कालो महेन्द्रा गाडीमा राखेर ल्याउदै गरेको चित्तल सहित पक्राउ परेपछि आवश्यक कार्वाहीका लागि सब डिभिजन वन कार्यालय कानेपोखरीमा जिम्मा लगाएको गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेको गाडी इलाका प्रहरी कार्यालय पथरीमा नै राखिएको छ । करिब ४० केजी जति वजन भएको चित्तललाई आवश्यक प्रकृया सहित गाडीएको सव डिभिजन कानेपोखरीका अधिकृत तु्लसीलाल यादवले जानकारी दिनुभयो । बुढाथोकीलाई सब डिभिजन वन कार्यालय बेलबारीमा राखिएको छ । भोली आवश्यक कागजात पुरा गरी जिल्ला प्रशासन कार्यालय मोरङमा बुझाइने यादवले बताउनुभयो । बुढाथोकीलाई वन्यजन्तु चोरी सिकारी अन्तर्गत मुद्धा चल्ने यादवको भनाइ छ ।

बुढाथोकीले पथरीबाट गएर चित्तल उठाएर आएको जानकारी आएको यादवको भनाइ छ । बुढाथोकीलाई छुटाउनका लागि दिउसैबाट राजनैतिक दवाव आइरेको यादवले बताउनुभएको छ । स्थानीय मात्रै नभएर जिल्ला प्रदेश सम्मबाट मुद्धा सामान्य बनाउनका लागि दवाव आइरहेको यादवले बताउनुभयो । कानुनी प्रकृया अनुसार कार्वाहीका लागि आफ्नो तर्फबाट कुनैपनि कसुर बाँकी नराख्ने यादवले बताउनुभएको छ ।

सम्बन्धित खवर