प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

प्रदेश १ मा आज ४०९ जना संक्रमित थपिए

विराटनगर, प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा १३२ महिला र २७७ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरंगमा २३६, सुनसरीमा ९७, झापामा ४०, उदयपुरमा ८, इलाम, पाँचथर र सोलुखुम्वुमा २/२, धनकुटा र खोटाङमा १/१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको छ ।

विराटनगरमा १९७ जनामा संक्रमण देखिएको छ । कोरोना पोजेटिभ देखिएकामा ७५ महिला र १२२ पुरुष छन् । मोरङको सुन्दरहरैचामा १२, बुढीगंगामा ७, बेलबारीमा ५, उर्लाबारीमा ३, रंगेली, पथरी शनिश्चरे र धनपालथानमा २/२, कटहरी र सुनबर्षीमा १/१, लेटाङ, ग्रामथान, जहदा र मिक्लाजुङका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा ४८, दुहवीमा १२, इनरुवामा ७, धरान, बराहक्षेत्र र रामधुनीमा ६, बर्जुमा ५, हरिनगरमा ३, गढीमा २, देवानगञ्ज र स्थानीय तह नखुलेका १/१, झापाको विर्तामोडमा १७, दमकमा १२, मेचीनगर र भद्रपुरमा ३/३, कमलगाउँपालिकामा २, गौरादह, बा¥हदशी र झापा गाउँपालिकामा १/१, उदयपुरको त्रियुगामा ८, इलामको देउमाई र सुर्योदयमा १/१, पाँचथरको फिदिममा २, सोलुखुम्वुको थुलुङ दुधकोशी र स्थानीय तह नखुलेका १/१, धनकुटाको महालक्ष्मीमा १, खोटाङको खोटेहाङमा १ र प्रदेश १ बाहिरका २० जना रहेको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ३ सय पुगेको छ ।

प्रदेश १ मा आज २५ जना डिस्चार्ज भएका छन् । नोवेल मेडिकल कलेज विराटनगरबाट १८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ६ र होमआईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८१२ पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर