पिएल टिभी एचडी मेघा स्टार अनलाइन सिङ्गीङको उपाधी टेकेन्द्रलाई

पिएल टिभी एचडी मेघा स्टार अनलाइन सिङ्गीङको उपाधी टेकेन्द्रलाई

पथरी, लकडाउनका बिच आयोजना गरिएको पिएल टिभी एचडी मेघा स्टार अनलाइन सिङ्गीङ प्रतियोगिताको उपाधी टेकेन्द्र गुरुङले हात पारेका छन् । अनलाइनबाट आयोजना गरिएको रियालीटी सो को शनिबार भएको ग्राण्ड फिनालेमा मोरङ पथरी शनिश्चरे २ का टेकेन्द्रले उपाधी हात पारेका हुन् ।

देशभर र विदेशमा समेत रहेका २ सय बढि सहभागीहरुलाई पछि पार्दै गुरुङले उपाधी जितेका हुन् । गुरुङले उपाधीसंगै नगद १५ हजार, ट्रफि, प्रमाण–पत्र साथमा १ वटा गीत रेकर्डिङ, १ वटा म्युजिक भिडियो समेत गर्न पाउने भएका छन् ।

प्रतियोगिताको निर्णय गाएक तथा संगीतकार कृष्ण योन्जन, रविन कन्दङ्वा र महेश ज्ञावलीले गरेका हुन् । विभिन्न विधामा गएकी भएका, सुमधुर स्वरका धनीहरुलाई टप ५ मा छनोट गरेर ती मध्ये पनि १ जना उत्कृष्ट गाएक स्वरका धनीलाई विजेता घोषणा गरिएको निर्णयक कृष्ण योन्जनले बताए ।

यसअघि कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले पथरी शनिश्चरेलाई चिनाउनका लागि विभिन्न समयमा यस्ता कार्यक्रमहरु हुनुपर्ने बताउनुभयो । महामारीका बिचमा पनि प्रविधिको प्रयोगबाट गरिएको कार्यक्रम अत्यन्तै राम्रो रहेको र महामारीको समय भएकाले सबैले सतर्क भएर रहन पनि राईले सुझउनुभयो ।

ठुलो संख्यामा दर्शक माझमा गर्नुपर्ने ग्राण्ड फिनाले विषम परिस्थितीका कारण कोठामा नै गर्न बाध्य भएको पिएलटिभीका प्रबन्धक अनुप योन्जनले बताए । कार्यक्रम पिसल्याम्प इन्टरटेनमेन्टको ब्यानरमा, मोरङको पथरी शनिश्चरेमा गरिएको थियो ।

सम्बन्धित खवर