झापा, झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनमा सोमबार कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो ।
यस्तै दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेलाई समेत संक्रमण देखिएको छ । मेयर ओलीकी श्रीमती लिलामा संक्रमण देखिएको थियो । पदाधिकारीलाई कोरोना देखिएपछी दमक नगरपालिका र सबै वडा कार्यालय असोज २३ गतेसम्मका लागि बन्द गरिएको छ ।