मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या भएको पुष्टि

मृत अवस्थामा फेला परेकी १२ वर्षीया बालिकाको हत्या भएको पुष्टि

सुनसरी, सुनसरीको बराहक्षेत्र १ कटहरे स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ । असोज १० गते २ बजे राती १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् ।

छिमेकीको घरमा धामी लगाईसकेर विहानको २ बजे राती घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिनालाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव संकास्पद देखिएपछी गहन अनुसन्धान शुरु गरेको थियो । घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट तालिम प्राप्त कुकुर सहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । अनुसन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्या भएको पुष्टि गरेसंगै उनको हत्यामा संलग्न सोही स्थानका १५ बर्षीय बालकलाई २४ घण्टा भित्रै पक्राउ गरेको छ ।

घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राती १० बजे तिर १५ बर्षीय बालक चटपटे खान भनि गएको अवस्थामा उनिहरु बिच बादविबाद हुदा आफुले बोतल प्रहार गरेको र भेष्ट र रुमालले घाँटीमा कसेर हत्या गरेको बालकले बताएका छन् । हत्या पश्चात आफु घरमा गएर सुतेको उनले बताए । घटना सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

सम्बन्धित खवर