मोरङको रतुवामाईमा १० सहित प्रदेश १ मा ५९ जना कोरोना संक्रमित थपिए

मोरङको रतुवामाईमा १० सहित प्रदेश १ मा ५९ जना कोरोना संक्रमित थपिए

 

विराटनगर : प्रदेश १ मा १२ महिला र ४७ पुरुषसहित शनिबार ५९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ३२, सुनसरीमा २२, झापामा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको रतुवामाईमा १० पुरुष, विराटनगरमा १ महिला र ६ पुरुष, बुढीगंगामा ४ महिला र १ पुरुष, कटहरीमा ३ महिला र १ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष संक्रमित भएका छन् । त्यसैगरी पथरीशनिश्चरे, बेलबारी र जहदामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा २ महिला र ७ पुरुष, रामधुनीमा ७ पुरुष, धरानमा १ महिला र ५ पुरुष, झापाको विर्तामोडमा ४ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषमा संक्रमण देखिएको जनाइएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुगेको छ । प्रदेश १ बाट शनिबार ७१ जना संक्रमितले कोरोना परास्त गरी डिस्चार्ज भएका छन् ।

होम आइसोलेसनबाट ४५ जना, गढी आइसोलेसन केन्द्र सुनसरीबाट १४ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७ जना, वि।जेनरल अस्पताल आइसोलेसन हरिनगर सुनसरीबाट ३ जना, मारवाडी सदन आइसोलेसन, कालीसदन आइसोलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । शनिबार १ हजार १ सय ३५ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ लाख १५ हजार २४ जनाको पीसीआर परीक्षण गरिसकिएको छ ।

सम्बन्धित खवर