मन्त्री ढकालद्वारा प्युठानमा स्वास्थ्य सामग्री प्रदान

मन्त्री ढकालद्वारा प्युठानमा स्वास्थ्य सामग्री प्रदान

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्युठान जिल्लाका लागि स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्युठान नगरपालिका प्रमुख अर्जुनबहादुर कक्षपति तथा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रका डा राजेन्द्र पौडेललाई पाँच थान भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

पाँच भेन्टिलेटरमध्ये दुई प्युठान जिल्ला अस्पताल, दुई भिङ्ग्री प्राथमिक केन्द्र र एक खलङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका लागि प्रदान गरिएको हो । प्रदान गरिएका अन्य स्वास्थ्य सामग्रीमा तीन हजार सर्जिकल मास्क, २७० थान एन ९५ मास्क, १० थान थर्मल गन र एक हजार थान पञ्जालगायत छन् ।

सो अवसरमा मन्त्री ढकालले कोभिड १९ को लडाइँमा सवब एकजुट हुनुपर्ने बताउनुभयो । प्युठानमा अहिलेसम्म कोभिड –१९ को उपचारका लागि भेन्टिलेटर थिएन ।

यस्तै मन्त्री ढकालले लुम्बिनी प्रादेशिक अस्पतालमा दुई, त्रिवि शिक्षण अस्पतालमा पाँच, दमक अस्पतालमा तीन, इलाम जिल्ला अस्पतालमा दुई र तेह्रथुम जिल्ला अस्पतालमा जडान एक थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो । रासस

सम्बन्धित खवर