कर्णालीमा आज ९ जना कोरोना संक्रमित थपिए

कर्णालीमा आज ९ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आज नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाद्वारा प्रेषित विज्ञप्ति अनुसार नौ जना सङ्क्रमित थपिएका हुन् ।

कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा जाजरकोटका तीन, बाँकेका दुई, सुर्खेत र सल्यानका एक एक जनामा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिनुभयो ।

त्यसैगरी, दैलेख अस्पताल दैलेखमा गरिएको परीक्षणमा दुई जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएको कँडेलले बताउनुभयो । कँडेलका अनुसार कोरोना सङ्क्रमणबाट निको भएर आज ४२ जना घर फर्किएका छन् ।

सल्यान वनगाड कुपिण्डे आइसोलेशन सेन्टरबाट २१, रुकुपश्चिमको मुसिकोट आइसेलशनबाट नौ, आठबीसकोट आइसोलेशनबाट छ, रुकुमपश्चिम अस्पतालबाट चार र कर्णाली प्रदेश अस्पतालबाट दुई जना डिस्चार्ज भएको स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाउनुभयो । आज ४२ जना डिस्चार्ज भएर घर फर्केसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या दुई हजार २८१ पुगेको उहाँको भनाइ छ । डोल्पा, मुगु र हुम्ला बाहेक अन्य सात जिल्लाका विभिन्न आइसोलेशनमा ३०२ जना सङ्क्रमितहरुको उपचार भइरहेको स्वास्थ्य सेवा महाशाखा कर्णालीले जनाएको छ । रासस

सम्बन्धित खवर