कृषि तथा पशुपालन परियोजनाको सम्झौतामा हस्ताक्षर

कृषि तथा पशुपालन परियोजनाको सम्झौतामा हस्ताक्षर

पथरी, मोरङको पथरी शनिश्चरेमा भूटानी शरणार्थी र स्थानीयका लागि दातृ निकायको सहयोगमा सञ्चालन हुने कृषि तथा पशुपालन परियोजनाको सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ ।

शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) को सहयोगमा लुथरन विश्व फेडेरेशनले भूटानी शरणार्थी प्रभावित क्षेत्रका लागि यसप्रकारको परियोजना सञ्चालन गर्न लागेको हो । परियोजना सम्वन्धमा, युएनएचसीआरका दमक प्रमुख जेम्स सिल्टन मुण्डो, लुथरनका प्रादेशिक कार्यक्रम संयोजक बालकृष्ण चौधरी, पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राई, शरणार्थी शिविर सचिव चम्पासिंह राई र १० नम्वर वडाध्यक्ष सागर राईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

पथरी शनिश्चरे १० मा रहेका शरणार्थी र विशेष गरी सो वडाका आर्थिक विपन्न स्थानीय समुदायको जीवनस्तर सुधार गर्न ‘भूटानी शरणार्थी र स्थानीय समुदायका लागि कृषि तथा पशुपालन परियोजना’ तय भएको छ । युएनएचसीआरका मुण्डोले त्यसबारेमा जानकारी गराउनु भयो । सन् २०२० को अन्त्यसम्ममा परियोजना सुरु गर्नेगरी युएनएचसीआरले १ करोड ३८ लाख ९६ हजार रुपैयाँ बजेट छुट्याएको जानकारी गराइएको छ ।

कृषक समूह निर्माण गरी खेतीका लागि आवश्यक औजार, बाख्रा, बंगुर र कुखुरा खरिद तथा तिनीहरुका लागि खोर तयार गर्ने तथा जग्गाको पहिलो वर्षको ठेक्का रकम सो बजेटबाट छुट्याइने छ । जसमा शरणार्थी र स्थानीयको बराबरी सहभागितामा बढीमा १ सय परिवार आवद्ध बनाई समूह निर्माण गरेर परियोजना अघि बढाइने छलफलमा जानकारी गराइएको छ ।

सम्झौताका क्रममा बौल्दै नगर प्रमुख दिलीपकुमार राई, शिविर सचिव चम्पासिंह राई, १० नम्वर वडाध्यक्ष सागर राईले यूएनएचसीआरले शरणार्थी शिविर र नगर क्षेत्रमा पुर्याउँदै आएको विभिन्न सहयोगको प्रसंशा गर्दै यो परियोजना उत्कृष्ठ बनाउनु पर्ने धारणा राख्नुभयो । परियोजनाका लागि वडा नम्वर १० र ९ मा कम्तिमा १० विगाहा जग्गा व्यवस्थापनको काम समेत भएको र टोलीले जग्गा अवलोकन समेत गरेको छ ।

सम्बन्धित खवर