नेमारलाई कोरोना पोजेटिभ

नेमारलाई कोरोना पोजेटिभ

काठमाडौं, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ । पिएसजीले बुधबार सामाजिक सञ्चालमार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो तर नाम खुलाइएको थिएन।

अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले पिएसजीका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । साथै स्रोतका अनुसार नेमारलाई कोरोना संक्रमण भएको एएफसीले उल्लेख गरेको छ ।

पिएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु आवश्यक प्रोटोकल स्वास्थ्य प्रोटकलअनुसार रहेको जनाउँदै अरु खेलाडी र कर्मचारीको पनि परीक्षण गरिने जनाएको छ । फ्रेन्च मिडियाले भने नेमारसँगै मिडिफिल्डरद्वय एन्जल डि मारियो र लियान्द्रो परेडेसलाई कोरोना संक्रमण भएको उल्लेख गरेको छ । फ्रान्समा नयाँ सिजनको लिग वान फुटबल सुरु भइसकेको छ । जसमा पिएसजीले पहिलो खेल खेल्न बाँकी नै छ ।

सम्बन्धित खवर