म पाईला चाल्दा काँडामा टेक्छु

म पाईला चाल्दा काँडामा टेक्छु
– कल्पना मिश्र
म पाईला चाल्दा काँडामा टेक्छु।
पानीलाई हेर्दा पसिना देख्छु।।
म जरा खोज्दा टुप्पोलाई भेट्छु।
ढुङ्गाको बर्षातमा असिना देख्छु।।
कति निरिह निर्भिक भए म आज।
आफन्त भन्दा दुश्मनलाई चिन्छु।।
मुस्कान हेर्दा अतितलाई भेट्छु।
हातको भाग्य रेखा छुराले मेट्छु।।
दौडिदैआयो यहाँ सपनाका कुरा।
ओझेलमा पर्दैछन् बालक बबुरा।।
म सिक्का टिप्नखोज्छु ढुङ्गालाई भेट्छु।
थोत्रो त्यो टालो हेर्दा थैलीलाई देख्छु।।
म आफ्नो भाग्यलाई धारमा रेट्छु।
मन्दिर खोज्दा चिहानलाई भेट्छु।।

 

सम्बन्धित खवर