आर्थिक अभावका कारण उपचार नपाएर छटपटाउदै अनिल

आर्थिक अभावका कारण उपचार नपाएर छटपटाउदै अनिल

रविन्द्र बराल, रंगेली

मोरङको सुनवर्षी नगरपालिका ३ भेलाईमा बसोबास गर्दै आएका वेदु ऋषिदेवका १९ बर्षका जेठा छोरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भए पछि आर्थिक अभावले गर्दा घरमै रोग पालेर बस्न बाध्य भएका छन् । सुरुमा उनको पेट दुख्ने समस्या थाहा पाए पछि उनका बुवाले पहिलोपटक २०७६ मंसिर २८ गते बिराटनगर स्थित मोरङ सहकारी अस्पताल विराटनगरमा उपचारका लागि लगेका थिए ।

उपचार सम्भव नभए पछि अस्पतालले डिस्चार्ज दिने तयारी गरिरहँदा एक्कासि उनको कम्मरमुनीको भाग र दुबै खुट्टा नचल्ने भएपछि २०६७ पुस २४ गते नोबेल अस्पतालमा उपचार गराउन पुगेका थिए तर घरको आर्थिक अभावले बुबासंग खर्च नभएपछि २ दिनपछि छोरालाई घर फिर्ता ल्याउन बाध्य भए ।

२०७७ श्रावण ४ गतेसम्म घरमै राखेर गाउँ घरमा ऋिण गरेर बुवाले थप उपचारका लागि भारतको खरैया लगे त्यहाँको डाक्टर को सल्लाह अनुसार एक महिना औषधी पनि सेवन समेत गरे तर शरिरमा कुनै फरक पाएनन् । स्वास्थ्यमा समेत झन समस्या थपियो रकम नभएकै कारण उनले छोरालाई रोग पालेर घरमै राख्न बाध्य भए ।

स्थानीयहरुको सहयोगमा कोशी, घोपा लगाएतका हस्प्तालमा पु¥याए तर रकमको जोहो गर्न नसकेपछि पूनः उनलाई घरमै राखिएको छ । आउन ४ गते घोपा पु¥याएका उनलाई रकम अभावमा परिवारले अहिले घरमै राखेको आमा रीताले बताइन् ।

दैनिक ज्याला मजदुरी गरेर गुजारा गरिरहेका बेदुले छोराको उपचारका लागि राम्रो अस्पताल लैजान सकेनन् । कम्मरमुनीको भाग नचलेका कारण खुट्टा सुन्निएर फुट्न र ढाड मा समेत खटिरा समेत आउन थालेको छ । आर्थिक अभाव र गरिबीका कारणले गर्दा समयमै अस्पताल नलग्दा छोराको झन स्वास्थ्यमा समस्या थपिएको बुवा बेदुले बताए । एकबिघा खेत अधियामा गरेर त्यहीँबाट उत्पादन भएको बालिबाट ३ छोरा र १ छोरीको पालनपोषण गर्दे आएता पनि छोरा बिरामी भएपछि बर्ष दिन भरि खानाका लागि राखिएको धान बेचेर छोराको उपचार गरेको र रिताले बताइन् ।

घोपा लैजादा लिएको ८० हजार ऋण समेत अहिले सम्म तिर्न नसकेको बताइरहेका छन् । रकमको जोहो भएमा वेदुले राम्रो उपचार पाउने सम्भावना अझै रहेको छ ।

सम्बन्धित खवर