डायमण्डमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

डायमण्डमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

पोखरा, पोखरा महानगरपालिका २७ तालचोकमा अवस्थित डायमण्ड माध्यमिक विद्यालयले २०७६ सालको एसईई परिक्षामा उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

कोभिड १९ का कारण विद्यालयमा उपस्थित हुन नसकेकोले प्रविधिको उच्चतम प्रयोग गरि एसईई उत्तीर्ण हुने विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका व्यक्तित्वका साथै शिक्षकहरुको उपस्थितिमा जुम एपको प्रयोग गरि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरिएको हो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखा शाखा अधिकृत विश्वराज आचार्यले एसईई परीक्षामा उत्तीर्णलाई बधाई र शुभकामना दिंदै विद्यालयले अहिलेको विषम परिस्थितिमा अनलाईन मार्फत प्रभावकारी ढङ्गले शिक्षण सिकाइ प्रकियालाई अगाडि बढाएकोमा खुसी व्यक्त गर्नु भएको थिए । डायमण्डले हालसम्म नतिजा पनि राम्रो ल्याउने गरेको पाइएको बताउँदै विद्यालय स्तरीय र विश्वासीलो भएको बताउनु भएको थियो ।

विद्यालयका निदैशक माधवशरण उपाध्यायले उत्तीर्णलाई बधाई र शुभकामना दिंदै विद्यालयले नतिजा तयार पार्दाको विधि र प्रक्रिया, विद्यार्थीका लागि अबको विकल्प, विद्यालय संरचना र पाठ्यक्रममा आएको परिर्वतनसँगै डायमण्ड मा।वि।मा उपलब्ध विषय तथा सुविधाको बारेमा जानकारी दिनुभएको थिए । विद्यार्थीहरुलाई प्रेरणा दिदै मानवले आफुमा भएका असीमित ऊर्जाको प्रयोग गर्दै आफ्नो विशिष्ट क्षमतालाई व्यवहारमा ल्याउन ज्ञानसँगै निरन्तर अध्ययन र अभ्यासलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

विद्यालयका प्रिन्सिपल एम वहादुर रोकाले २६ औं व्याचका एसईई मा सहभागी ७९ जना विद्यार्थीले राम्रो जिपिए सहित उत्तीर्ण भएकोमा बधाई व्यक्त गर्दै विषम परिस्थितिमा विद्यालयले पाएको जिम्मेबारीलाई निर्धारित प्रक्रियाअनुसार विश्वसनीय ढङ्गले निर्वाह गरेको बताउनु भएको थियो । विद्यालयको ऐतिहासिक परिचयसँगै कक्षा ११ र १२ मा धेरै र रोजाइका विषयहरु पठनपाठन गर्ने गरिएको र यस वर्षदेखि विषयहरु थप गरिएको जानकारी दिनुभएको थियो ।

विद्यालयका ं२ संयोजक शिवप्रसाद लामिछानेले डायमण्ड मध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा पढाइ हुने विषय, भौतिक सुविधा र विगतको उत्कृष्ट नतिजाको जानकारी गराउँदै अबको पढाइ अझ महत्वपूर्ण हुने बताउनुभएको थियो । कक्षा ११ को लागि अनलाइनमार्फत फाराम भर्न सकिने, भाद्र २३ देखि भर्ना सुरु हुने र असोजको पहिलो हप्तादेखि अनलाइन मार्फत कक्षा सञ्चालन गरिने जानकारी दिनुभएको थियो ।

अभिभावकको तर्फ बाट आफ्नो भनाई राख्नुभएका अभिभावक ऋषिराम जमरकट्टेलले विद्यालयको शैक्षिक स्तर र व्यवस्थापन पक्ष राम्रो रहेको र प्रविधिमैत्री रहेको बताउदै आफ्नो २ जना छोराछोरीले यस क्षेत्रमा सर्वप्रथम सञ्चालन गरेको भर्चुअल कक्षाबाट लाभ लिएका र सो कक्षा प्रभावकारी रहेको बताउदै अन्य अभिभावकलाई पनि विद्यालयबाट लाभ उठाउन आग्रह गर्नुभएको थियो ।

विद्यार्थीहरुको तर्फ बाट सौरभ खत्री, सौरभ सुवेदी, स्नेहा श्रेष्ठ र निश्चा शर्माले आफुहरुले विद्यालयमा भोगेका भोगाईका साथै अबको शिक्षा पनि डायमण्डमा नै निरन्तरता दिने विचार व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रिन्सिपल यामबहादुर रोकाले राख्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य विद्यालयका व्यवस्थापक हरिप्रसाद लामिछानेले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक विभाग प्रमुख ई. सञ्जीव थापाले गर्नुभएको थियो ।

सम्बन्धित खवर