कोरोना संक्रमणबाट चिवनमा थप १ जनाको निधन

कोरोना संक्रमणबाट चिवनमा थप १ जनाको निधन

चितवन, चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर ६ केशरबागका ७८ वर्षीय पुरुषको आज विहान ७ः२० बजेको समयमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

ती पुरुषलाई भदौं २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको कोभिड सघन उपचार कक्ष (आइसीयू) मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । योसँगै चितवनमा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

सम्बन्धित खवर