समाचार प्रभाव ः जितु हस्दाले पाए खाध्य सामग्री

समाचार प्रभाव ः जितु हस्दाले पाए खाध्य सामग्री

रबिन्द्र बराल, रंगेली

आर्थिक अभावका कारण ३२ बर्षका जितु जीवन र मरणको दोसाँदमा भन्ने खवर प्रदेश दैनिकमा प्रकाशन भएपछि सहयोगी हातहरुले खाज खाध्य सामग्री प्रदान गरेका छन् । काठमाडौंको छाउनीमा बसोबास गर्दै आएका नवराज अर्यालले ५ हजार रुपैँया बराबरको खाध्य सामग्री उपलब्ध गराएका हुन् ।

शुक्रबार समाचार प्रकाशन भएपछि शनिवार नै उनलाई ५ हजार बराबरको ५० केजि चामल, ५ केजी दाल, १० केजी भुजा, ५ लिटर खाने तेल, चाउचाउ २ काटुन बितरण गरिएको हो । त्यसैगरी रंगेलीमा रहेको रंन्जित स्पोटिङ क्लवले पनि २५ केजि चामल, १० केजि आलु, दाल, प्याज, लसुन लगायतका सामग्री प्रदान गरेको क्लवका सदस्य मोसिम आलमले बताए ।

सुनवर्षी नगरपालिका ६ स्थित कैमीमा बसोवास गर्दे आएका ३० बर्षका जितु हाँस्दा बिगत ४ महिना देखि प्यारलाईसिस (लक्वा) रोगबाट ग्रसित बनेका छन् । उनको उपचारका लागि रकम अभाव भएपछि अहिले ओछ्यान परेका छन् । ८ जनाको परिवार पाल्ने हस्दा बिरामी परेपछि घरपरिवारको आम्दानी श्रोत समेत गुमेको छ ।

सम्बन्धित खवर