नेपाली सेनाद्वारा कार्यविधि अनुसार शव व्यवस्थापन

नेपाली सेनाद्वारा कार्यविधि अनुसार शव व्यवस्थापन

राजेन्द्र महतो, लहान

सिरहामा कोरोनाबाट मृत्यु भएकी लहान ९ खुटीपारीकी ६५ वर्षीय महिलाको शव नेपाली सेनाले कार्यविधि अनुसार व्यवस्थापन गरेको छ। सिरहाको श्री श्री गण चौहर्वाबाट खटिएको सेनाको टोलीले शुक्रबार राती ११ बजे मृतकको शव लहान ५ स्थित रहेको मुस्लिम समुदायहरुको काव्रस्थानमा व्यवस्थापन गरेको हो।

विहिवार कोशी अस्पताल विराटनगरमा उपचार गराउन पुगेकी उनकोको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिब चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा शुक्रबार मृत्यु भएको थियो ।

सम्बन्धित खवर